७० वर्ष पार हुँदा पनि जनताका लागि २५ को जवान जसरी दौडिएको छुः प्रचण्ड

काठमाण्डु टुडे २०८२ वैशाख ३ गते १६:५९ मा प्रकाशित

काठमाण्डू, ३ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शहीद र बेपत्ता परिवारका सदस्यहरूको समस्यालाई अनदेखा नगर्न आग्रह गरेका छन ।

आज (बुधबार) पार्टीको नवलपरासी जिल्ला समन्वय समिति निर्वाचन क्षेत्र नम्बर १ द्वारा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले शहीद र बेपत्ता परिवारको आँशु लाग्ने भन्दै यस्तो बताएका हुन् । माओवादी अध्यक्ष प्रचण्डले भने, ‘शहीद र बेपत्ता परिवारका सदस्यहरूलाई अनदेखा नगर्नुहोला ।

उहाँहरूको आँशु, पीडालाई बेवास्ता नगर्नुहोला, पाप लाग्छ । हुन त पाप र धर्म हाम्रो अर्कै बुझाइ हुन्छ । तर पनि शहीद र बेपत्ता परिवारको आँशु लाग्छ ।’ साथै, उनले आफ्नो पार्टीले गरेको अभियानमा हजारौं जनसमुदाय जोडिएको उल्लेख गर्दै यो अभियानसँगै बेपत्ता परिवारको पीडा पनि जोडिएको पनि बताएका छन ।

उनले भने, ‘हजारौं र लाखौं जनसमुदाय जोडिनुभएको छ । सबै शहीद बेपत्ता परिवारका पीडाहरू पनि जोडिएका छन्, ‘मैले त त्यो कुरा बुझेर आत्मसमीक्षासहित एकचोटी फेरि ७० पार हुँदा पनि २५ को जवान जसरी दौडिएको छु, देश र जनताको निम्ति । तपाईंहरू पनि दौडिनुहोला ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us