सुमना श्रेष्ठले दिइन रास्वपा सहमहामन्त्रीबाट राजीनामा

काठमाण्डु टुडे २०८२ वैशाख ४ गते ११:१८ मा प्रकाशित

काठमाण्डू, ४ वैशाख– रास्वपा सांसद सुमना श्रेष्ठले आफ्नो सहमहामन्त्री पदबाट राजीनामा दिएकी छन । आज बिहीबार बस्ने रास्वपा बैठकअघि उनले सचिवालयमा यो जानकारी दिने तयारी गरेकी हुन ।

सुमनाले यसअघि १७ चैतमा सहमहामन्त्रीबाट राजीनामा दिन खोजेको रास्वपा स्रोतले जानकारी दिएको छ । यो त्यही मिति हो, जुन दिन रवि लामिछाने पार्टी सभापतिको जिम्मेवारीमा फेरि फर्केका थिए ।

अहिले उनी सहकारी प्रकरणमा कारागारमा रहेका छन । यही बेला सुमनाले राजीनामा घोषणा गर्दैछिन् । उनले केही बेरपछि पार्टीको आन्तरिक संवाद समूहमा यो जानकारी गराउने तयारी गरेकी छन् ।

रास्वपा उच्च स्रोतले भन्यो, ‘एक व्यक्ति एक पदको मान्यतालाई लागु गराउन सुमनाजीले यसअघि रवि लामिछाने पार्टी सभापतिको जिम्मेवारीमा पुनः बहाली भएकै दिन सहमहामन्त्रीको राजीनामा दिने प्रस्ताव गर्नुभएको थियो, ‘त्यस बेला रविजीले हाम्रो पार्टीले यसबारे मान्यता नै बनाइसकेको हुनाले सुमनाजीको कुरा सही नै भएको, तर अहिलेको समय त्यसका लागि अनुपयुक्त भएको भन्नुभएको थियो ।

लगत्तै रविजी फेरि हिरासत पर्नुभयो ।’ श्रेष्ठले आफ्नो राजीनामा प्रस्तावको खबर सही भएको प्रतिक्रिया दिएकी छन । तर विस्तृत धारणा पार्टीमै राख्ने बताएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us