
काठमाण्डू, ४ वैशाख– आफुलाई सामाजिक अभियान्ता दाबी गर्ने आफूलाई शर्मिला वाइबामाथि आक्रमण भएको छ । बुधवार राति उनकै सहकर्मीले काँडाघारीमा उनलाई रेन्चु प्रहार गरेकी गरेको खुलेको छ ।
राम मन्दिर नजिकै पहेँलो पुलमा रेन्चु प्रहारबाट वाइबा सामान्य घाइते भएको खुलेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एक जना अधिकृतले जानाकारी दिएका छन । ति अधिकृतका अनुसार वाइवाकी सहकर्मी शर्मिला श्रेष्ठ राईले उनलाई रेन्चुले प्रहार गरेकी हुन् ।
वाइबा हाल बौद्ध स्थित स्तुपा अस्पतालमा चिकित्सकहरूको अव्जरभेसनमा छिन् । उनीहरू पहिले सँगै बस्ने गरेको पाइएको छ । लेनदेनको विषयमा विवाद हुँदा रेन्चुले प्रहार गरेर श्रेष्ठ फरार भएकी थिइन् ।