ओलीलाई देउवाको त्यो चेतावनीः ‘ओलीजी, यसरी अगाडि बढ्न सकिन्नँ…’

काठमाण्डु टुडे २०८२ वैशाख ४ गते १३:१८ मा प्रकाशित

काठमाण्डू, ४ वैशाख– गत मंगलबार प्रधामन्त्रीको सरकारी निवास बालुवाटारमा वर्तमान सत्ता गठबन्धन दलका दुई शिर्ष नेता कांग्रेस सभापति शेरवाहादुर देउवा र एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबीच गोप्य भेटवार्ता भयो ।

मंगलबार बिहान १० बजे देखि ११ बजे सम्म प्रधानमन्त्री निवासमा ओली देउवाबीच भएको गोप्य भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको हुन भएको स्रोतले जानकारी दिएको छ । मंगलबारको भेटवार्तामा प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवासँग पछिल्लो समय सरकारमाथि सत्ता घटक कांग्रेसकै नेताहरुबाट भईरहेको चर्काे आलोचनाप्रति गुनासो पोखेका थिए ।

प्रधानमन्त्री ओलीले मंगलबारको भेटमा कांग्रेस सभापति देउवासँग भने, ‘ कांग्रेस एमाले मिलेर सरकार निमार्ण गरेको हो । तर कांग्रेस नेताहरु उल्टै सरकारको आलोचना गरिरहेका छन ? यसरले सरकारलाई कमजोर बनाएको छ ।’

जवाफमा देउवाले सरकारमा रहेका कमजोरीहरू औँल्याउँदै भने, ‘ओलीजी, यसरी अगाडि बढ्न सकिन्नँ। सरकारको विकल्प खोजिएको होइन, तर गल्ती र कमजोरी सच्याएर मात्र अगाडि बढ्न सकिन्छ ।’ बालुवाटार स्रोतका अनुसार, दुई शीर्ष नेताबीच करिब आधा घण्टा मतभेद स्पष्ट पार्ने र मन मिलाउने प्रयास भएको थियो । त्यसपछि भने सरकारलाई ठोस रूपमा अघि बढाउने सहमति भएको बालुवाटर निक उच्च स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय कांग्रेसभित्रैबाट सरकारको आलोचना हुँदै आएको छ । कांग्रेस महामन्त्री गगन थापाले त प्रधानमन्त्रीको ‘बेडरुममै बिचौलियाको पहुँच’ रहेको आरोप लगाएका छन् ।

उनले देशको अर्थतन्त्र धराशायी हुनुको मुख्य कारण यही भएको बताएका छन्। यस्तै, नेता शेखर कोइराला र एनपी साउदले पनि दुई ठूला दल मिलेर बनेको सरकारले जनअपेक्षा अनुसार डेलिभरी दिन नसकेको भन्दै आलोचना गरेका छन् ।

यता, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने नयाँ वर्षमै नयाँ सरकार बन्ने संकेत दिएका छन्। उनका अभिव्यक्तिसँगै सत्तारूढ गठबन्धनभित्र सत्ता समीकरण पुनः गडबडिन सक्ने अनुमान गरिएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us