आजदेखि तीन दिनसम्म पानी पर्ने

काठमाण्डु टुडे २०८२ वैशाख ४ गते १६:४४ मा प्रकाशित

काठमाण्डू, ४ वैशाख– आजबाट तीन दिनसम्म देशका विभिन्न स्थानमा पानी पर्ने भएको छ । स्थानीय वायुको चाप न्यून भएकोले सुदुरपश्चिम प्रदेश बाहेकको प्रदेशमा वर्षा भइरहेको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिएका छन ।

भारतको उत्तर प्रदेशको प्रभाव अहिलेको वर्षामा देखिएको छ । अहिले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बीनी र कर्णालीमा वर्षा भईरहेको उनले जानकारी दिए ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले कृषिबालीहरू भित्र्याउने समय भएकाले मौसमबारे जानकारी लिएर मात्रै बाली काट्न विभागले अनुरोध समेत गरेको छ ।

‘अबको दिन तीन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ,’ मौसमविद् दाहालले भने, ‘अहिले मुसुरो, गहुँ लगायत बाली काट्ने समय छ । मौसमबारे जानकारी लिएर मात्रै बाली काट्नुहोला ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us