पानीको जारमा किरा, ललितपुर महानगरले तिरायो २५ हजार जरिवाना

काठमाण्डु टुडे २०८२ वैशाख ४ गते १६:४९ मा प्रकाशित

काठमाण्डू, ४ वैशाख– ललितपुर महानगरपालिकाले केएम मिनिरल वाटर एण्ड वेभरेज प्रालिलाई २५ हजार जरिवाना तिराएको छ । कम्पनीले उत्पादन गरेको पानीको जारमा किरा भेटिएपछि जरिवाना तिराएको ललितपुर महानगर प्रहरी बलका प्रमुख सिताराम हाछेथूले जानकारी दिएका छन ।

पशु सेवा तालिम केन्द्र ललितपुरमा पिउनको लागि ल्याएको जारमा किरा भेटिएको थियो । जारमा किरा भेटिएको गुनासोपछि महानगर प्रहरी बलले तत्काल निरीक्षण गरेर जरिवाना तिराएको हाछेथूले जानकारी दिएका छन ।

पछिल्लो समय उपत्यकाका नगरहरुले पिउने पानीको जार, बोत्तलमा गुनासो आएमा तत्काल एक्सन लिइरहेका छन् भने जारको गुणस्तरमा पनि अनुगमन गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us