मकवानपुरगढीमा गाडी दुर्घटना हुँदा बालिकासहित २ जनाको मृत्यु, १४ जना घाइते

काठमाण्डु टुडे २०८२ वैशाख ५ गते ११:१४ मा प्रकाशित

काठमाण्डू, ५ वैशाख– मकवानपुरगढी गाउँपालिकास्थित कान्तिलोकपथ खण्डमा माइक्रो बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १४ घाइते भएका छन ।

मृत्यु हुनेमा सर्लाहीको बागमती गाउँपालिका–७ बस्ने १३ वर्षीया मानुषी मगर र रौतहट दुर्गा भवानी गाउँपालिका वडानम्बर–५ बस्ने ५० वर्षीय निलमदेवी राउत रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ ।

मकवानपुरगढी गाउँपालिका–२ धरमपानीमा काठमाडौंबाट हेटौंडा आउँदै गरेको बाप्र०१–००६ ख ७०७२ नम्बरको इभीको माइक्रो बस दुर्घटना हुँदा दुई उनीहरुको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन ।

मगरको शव घटनास्थल नजिकको खोल्सामा भेटिएको थियो भने राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए । दुर्घटनामा १४ जना घाइते भएको पनि प्रहरीले जानकारी दिएको छ ।

चालक सर्लाही बागमती गाउँपालिका–५ का २९ वर्षीय कमलबहादुर दर्लामीसहितका घाइतेहरु १४ जनाको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । गाडी सडकको मोडबाट करिब २०० मिटर तल खसेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us