राज्य व्यवस्था समितिमा कर्मचारी ट्रेड युनियनको धर्ना

काठमाण्डु टुडे २०८२ वैशाख ५ गते १२:४२ मा प्रकाशित

काठमाण्डू, ५ वैशाख– निजामती कर्मचारीहरूले सिंहदरबारस्थित राज्य व्यवस्था समिति बैठक कक्षको अगाडि धर्ना दिएका छन । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नुअघि संयुक्त ट्रेड युनियनको नेतृत्वमा कर्मचारीहरूले धर्ना दिएका हुन ।

०८१ चैतको अन्तिम दिन आन्दोलनको चेतावनी दिएका कर्मचारीहरुले बिहीबार मात्रै विरोधका कार्यक्रम घोषणा गरेका थिए । जसअन्तर्गत आज संघीय मामिलामन्त्री, कानूनमन्त्री र मुख्यसचिवलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको थियो ।

ज्ञापनपत्र बुझाउनुअघि कर्मचारीहरूले धर्ना दिएका हुन् । कर्चारीहरूले आगामी सोमबार सभामुखलाई तथा विभागीयले सचिव तथा जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने, यही वैशाख १० गते बुधबार आन्दोलन परिचालन समिति घोषणा गर्ने र १२ गते शुक्रबार संसद सचिवालय अगाडि भेला आयोजना गर्ने निर्णय गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us