
काठमाण्डू, ५ वैशाख–निजामती विधेयकको प्रतिवेदनमा सत्ताको प्रमुख घटक दल नेपालीका सांसद हृदयराम थानीले आफ्नो फरक राय प्रस्तुत गरेका छन् । आज शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले फरक राय प्रस्तुत गरेका हुन । उनले कुलिन पिरियडको प्रस्तावमा अमिल्दो प्रावधान रहेको पनि बताए ।
‘कसैलाई कुलीन पिरियड लाग्ने कसैलाई नलाग्ने किन रु अवकाश सबैको अवकाश हो किन विभेद ?’ थानीले प्रश्न समेत गरेका छन । उनले थपे, ‘राजनीतिक कर्मचारी बीच हुने साँठगाँठ रोक्न कुलिङ पिरियड राखिएको हो । परराष्ट्र र न्याय सेवामा किन राखिएन ? एउटै मापदण्ड तयार गरौं ।’
अतिरिक्त सचिव ब्युँताउने कुरामा अतिरिक्त सचिव राख्ने र पछि तोकिए बमोजिम हुने भनिएको उल्लेख गर्दै उनले भने, ‘अतिरिक्त सचीवको कुरा राख्दा प्रष्ट गरेर जानुपर्छ । तोकिए बमोजिम हुने भन्दा मेरो फरकमत रहन्छ ।’ उनी थप्छन्, ‘अतिरिक्त सचिब नराख्दा पनि हुन्छ । राख्ने हो भने ऎनमा नै व्यवस्था गरौ कसैलाई अधिकार दिने र कसैलाई लुकाउने काम नगरौं ।’
सांसद थानीले बोल्न पनि कसरी बोल्ने गाह्रो रहेको बताए । अगाडि भने, ‘ट्रेड युनियनको कुरा कसरी राख्ने रु कर्मचारीको ९ बुँदे माग छ यसलाई पनि सम्बोधन गरियोस् ।’ उनको अर्को फरक मतको बुँदा छ, अरुमा एक वर्ष, एनजीओमा दुई वर्ष काम गरेकोले सेवा प्रवेशमा सहुलियत पाउने राखिएको छ । कुरा उही हो सबैलाई एउटै गरौं ।’
पशु चिकित्सकको आठौं तह राख्नपर्ने उनले सुझाए । गर्भवतीको स्वास्थ्य अवस्था हेरेर अगाडी लिन पाउने बिदा दिन सकिने व्यवस्था राख्न आग्रह समेत गरेका छन ।