
काठमाण्डू, ५ वैशाख– सत्ताको प्रमुख घटकदल कांग्रेसका महामन्त्ती विश्वप्रकाश शर्माले निजामती कर्मचारीलाई सडकमै जाने वातावरण बनाउन नहुने बताएका छन । आज (शुक्रबार) राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्ने क्रममा कांग्रेस महामन्त्री शर्माले यस्तो बताएका हुन । समिति बैठकमा शर्माले भने, ‘यहाँ आउदै गर्दा एकछिन जाममा परियो ।
सडकम शिक्षकहरू छन्, ‘निजामती कर्मचारीलाई सडकमै जाने वातावरण बनाउन हुन्न ।’ समितिमा निजामती विधेयकमाथि छलफल जारी छ । समितिको बैठक चलिरहँदा विभिन्न आफ्ना माग राखेर कर्मचारी ट्रेड युनियनका नेताहरूले समिति सभापति र सदस्यहरुलाई ध्यानाकर्षण गरेका थिए ।
कर्मचारीले आफूहरूलाई गुमराहमा राखेर ऐन बनाए सडक आन्दोलनमा जाने चेतावनी दिइरहेको उल्लेख गर्दै उनले भने, ‘उहाँहरूसँग पनि एकपटक छलफल गरौं, ताकि ऐन बन्दा अपनत्व सबैले लिन सकियोस् ।’