कपिलवस्तुमा शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीलाई लक्षित गरेर गोली प्रहार

काठमाण्डु टुडे २०८२ वैशाख ५ गते १६:०० मा प्रकाशित

काठमाण्डू, ५ वैशाख– कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गरेर गोली प्रहार गरीएको छ ।

चौधरीको निवासमा उनलाई नै लक्षित गरेर गएराति गोली प्रहार भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिएका छन ।

अध्यक्ष चौैधरीलाई लक्षित गरेर चलाइएको गोली भित्तामा लागेको प्रहरीका भनाई छ । राति विद्युत् गएको समयमा चौधरीलाई शौचालय गएर फर्कने क्रममा गोली प्रहार गरेको खुलेको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको नायव उपरीक्षक अधिकारीले जानकारी दिएका छन । घटनाबारे थप अनुसन्धान अघि बढेको उनले जानबारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us