
काठमाण्डू, ५ वैशाख– प्रहरीले बाराको प्रसौनी गाउँपालिबाट पत्रकार हुँ भनेर व्यापारीलाई धम्की दिने एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१० घर भएका ४५ वर्षीय विष्णु सर्राफ रहेको प्रहरीले जानकारी दिएको छ ।
उनले व्यापारीलाई धम्की दिएर रकम असुलेको भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजयराज पण्डितले जानकारी दिएका छन । उनीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।