मोहन बस्नेतको भविष्यवाणीः आरजु राणा नेपालको पहिलो महिला प्रधानमन्त्री बन्नुहुन्छ

काठमाण्डु टुडे २०८२ वैशाख ५ गते १७:२४ मा प्रकाशित

काठमाण्डू, ५ वैशाख– पूर्व मन्त्री एवं कांग्रेस सांसद मोहनबहादुर बस्नेतले पूर्व प्रधानमन्त्री शेरबाहादुर देउवा पत्नी एवं परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेका छन ।

आज (शुक्रबार) सिन्धुपाल्चोकको तातोपानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले परराष्ट्रमन्त्री राणाको प्रशंसा समेत गर्न भ्याए । कार्यक्रममा राणा प्रमुख अतिथी बनेर पुगेकी थिइन् ।

कार्यक्रममा बोल्दै महिलाहरुको भूमिका राज्य सञ्चालनमा अत्यत्तै महत्वपूर्ण हुँदै आएको बताए। उनले महिलाहरु प्रधानन्यायधिश, प्रतिनिधि सभाको सभामुखलगतय महत्वपूर्ण पद ग्रहण गरिसकेको स्मरण समेत गरे । उनले राणाको प्रशंसा गर्दै भने, ‘त्यो योग्यता र क्षमता महिलाहरुले प्रदर्शन गर्नुभएको छ ।

उहाँ कांग्रेसको प्रभावशाली केन्द्रीय सदस्य, मन्त्रिपरिषद्मा पनि परराष्ट्रमन्त्रीको हैसियतले, कूटनीतिक हिसाबले नेपालको स्वार्थअनुकूल अभिव्यक्तिले पनि प्रभाव राख्न सक्ने हैसियत राख्ने मान्छे ।

आगामी दिनको पहिलो महिला प्रधानमन्त्री बन्न सक्नुहुन्छ। त्यो विषयमा पनि हामी शुभकामना व्यक्त गर्न चाहन्छौं मात्र होइन, हामी तपाईँका प्रत्येक कदममा साथ दिन पनि चाहन्छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us