कांग्रेस बैठकमा देउवाले भनेः ओलीजीसँग म कुरा गर्छु, धेरै विरोध नगरौँ

काठमाण्डु टुडे २०८२ वैशाख ५ गते १८:०५ मा प्रकाशित

काठमाण्डू, ५ वैशाख– सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसले प्रधानमन्त्रीको कार्यशैलीका कारण सरकारले ‘डेलिभरी’ दिन नसकेको ठहर गर्दै उनको मनोमानीमा लगाम लगाउनुपर्ने निष्कर्ष निकालेको छ ।

बिहीबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकमा सहभागी सबैजसोले सरकारको निर्णय प्रक्रियाहरुमा कांग्रेसले अपनत्व लिन नसक्ने स्थिति आएको भन्दै चर्को असन्तुष्टि व्यक्त गरेका थिए । उनीहरुले सरकारबाट कांग्रेस ‘अनुकुल’ निर्णय हुनुपर्नेमा जोड दिएका छन् ।

बैठकमा बोल्दै सभापति शेरबहादुर देउवा भने पदाधिकारीहरुले राखेको धारणाको सम्मान र सरकारको प्रतिरक्षा गर्दै प्रस्तुत भएका थिए । उनले पनि सरकारले जनअपेक्षा अनुरुपको काम गर्न सक्नुपर्ने र त्यसका लागि कांग्रेसको पनि भुमिका हुने बताए ।

उनले सरकारको कार्यसम्पादनको सम्बन्धमा सरकारमा सहभागि मन्त्रीहरुसँग छिट्टै नै छलफल गरेर मार्गनिर्देश गर्नुपर्ने धारणा राखेका थिए । सरकारले गरेका र आगामी दिनमा गर्ने निर्णयहरुमा आफुले प्रधानमन्त्रीसँग कुरा गर्ने र मिलाएर अघि बढ्ने सभापति देउवाको भनाई थियो ।

‘प्रधानमन्त्री आलीजीसँग म कुरा गर्छु । सबै कुरा मिल्दै जान्छ । सरकारलाई झक्झकाऔँ तर बाहिर धेरै विरोध नगरौँ ।’ सभापतिको भनाई उदृत गर्दै एक पदाधिकारीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us