बुटवलको बुद्धनगरमा युवतीमाथि गोली प्रहार

काठमाण्डु टुडे २०८२ वैशाख ६ गते ११:११ मा प्रकाशित

काठमाण्डू, ६ वैशाख– बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ । बुटवल–११ बुद्धनगर बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको खुलेको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । उनको कम्मर माथि गोली लागेको बताइएको छ ।

रैनादेवी छहरा घर भई हाल बुटवल ११ बुद्धनगर बस्ने विष्टमाथि गोली प्रहार भएको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिएको छ ।

विष्टमाथि कसले के कारणले गोली प्रहार गरेको हो भन्ने अझै नखुलेको डीएसपी रानाले जानकारी दिएको छ । विष्टको केही दिनअघि एकजना भारतीयसँग विवाद भएकाले घटनामा उनको संलग्नताको आशंका गरिएको स्थानीयले बताएका छन ।

घटनास्थलमा पुगेर गोली प्रहारमा संलग्नको खोजी र अनुसन्धान शुरु गरेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us