
काठमाण्डू, ६ वैशाख– आईसीसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तान बीचको निर्णायक खेल रद्द हुँदा नेपाल विश्वकपमा पर्न असफल भएको छ ।
आज विहान भएको वर्षाका कारण मैदानमा असर पुगेको थियो । करिब ५ घण्टासम्म मैदान सुकाउने काम गरिएको भएपनि मैदानको केही भाग निकै खराब अवस्थामा रहेकाले अम्पायरले ३ पटकको निरीक्षणपछि खेल नखेलाउने निर्णय भएको थियो ।
समूह चरणमा दुवै टोलीले समान ३–३ खेल जितेका थिए । अफगानिस्तान नेट रनरेटमा अगाडि रहेकाले आजको खेलमा अंक बाँडिदा समान ७–७ अंक भएपनि नेट रनरेटकै कारण अफगानिस्तान एसिया छनोटअन्तमा पर्न सफल भएको हो ।