कांग्रेसले सरकारको नेतृत्व लिए माओवादीको समर्थन रहन्छः हरिबोल गजुरेल

काठमाण्डु टुडे २०८२ वैशाख ६ गते १६:५७ मा प्रकाशित

काठमाण्डू, ६ वैशाख– नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले देशले केपी ओली प्रवृत्तिलाई अस्वीकार गरिसकेको बताएका छन ।

आज (शनिबार) नेकपा माओवादी केन्द्रको गौरादह नगरपालिकाको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै माओवादी उपमहासचि गजुरेलले यस्तो बताएका हुन ।

उपमहासचिव गजुरेलले पहिलो पार्टी भएर पनि कांग्रेसले जिम्मेवार दलको भूमिका निर्भर गर्न नसक्दा देशमा अझै निराशा बढेको पनि बताएका छन । कांग्रेसले जिम्मेवार भएर सरकारको नेतृत्व गरे आफ्नो पार्टीले समर्थन गर्ने पनि उनले बताए ।

तर, सरकारमा भने सहभागी नहुने उनले बताए । उनले भने, ‘जनताको चाहना यो सरकारको परिवर्तन पनि हो, संगै ०८४ सम्म सरकारमा जानु हुँदैन भन्ने जनधारणा पनि छ ।’

उनले देश आर्थिक सामाजिक सांस्कृतिक र राजनीतिक हिसाबले असफल बन्ने खतरामा रहेको र यसो हुनुमा केपी ओली प्रवृत्ति जिम्मेवार रहेको पनि बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us