बानेश्वर–माइतीघर सडकको प्रदर्शनले करिडोर अस्तव्यस्त

काठमाण्डु टुडे २०८२ वैशाख ७ गते १३:५७ मा प्रकाशित

काठमाण्डू, ७ वैशाख– काठमाण्डूको माइतीघर– बबरमहल हुँदै नयाँबानेश्वरसम्म चल्ने सवारी साधनलाई डाईभर्सन गर्दा करिडो क्षेत्र पनि यातायातको साधनले अस्तव्यस्त बनेको छ ।

अहिले अहिले प्रहरीले मुख्य सडकबाट सवारी डाइभर्सन गरिएको महानगर प्रहरीले जानकारी दिएको छ । बानेश्वर बिजुलीबजार भएर चल्ने सवारी साधनलाई सिनामंगल, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, रणोदिप र कृष्णपाउरोटी लगायतका स्थानबाट डाइभर्सन गरिएको छ ।

सवारी साधनको संख्या बढ्नुका साथै डाइभर्सनका कारण कोटेश्वर, गौशाला, गौरीघाट, मित्रपार्क, चावहिल, पुरानोबानेश्वर, सोह्रखुट्टे लैनचौर, रणोदिप, कृष्णपाउरोटी, माईतिघर, थापाथली त्रिपुरेश्वर र कुपण्डोल हुँदै चल्ने सवारी साधन क्युमा चलिरहेका छन् ।

क्यू रहेका स्थानमा ट्राफिक प्रहरीले सवारी आवागमन सहज बनाउने प्रयास गरिरहेको छ । यसबाहेक अन्य मुख्य– मुख्य चोकमा सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनुपर्ने अवस्था रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us