माइतीघर–नयाँ बानेश्वर सडकमा राप्रपाको प्रदर्शन

काठमाण्डु टुडे २०८२ वैशाख ७ गते १४:०२ मा प्रकाशित

काठमाण्डू, ७ वैशाख– राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाण्डूको माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेको छ । आज (आइतबार) दिउँसो १२ बजेपछि माइतीघर–बबरमहल हुँदै नयाँबानेश्वर क्षेत्रमा राप्रपाको प्रदर्शन जारी रहेको छ ।

राप्रपाको प्रदर्शनका कारण माइतीघर– बबरमहल हुँदै नयाँबानेश्वरसम्म चल्ने सवारी साधनलाई यतिबेला डाईभर्सन गरी चलाइएको छ । उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई सिनामंगल, तिनकुने, नयाँबानेश्वर, माइतीघर, थापाथली, रणोदिप र कृष्णपाउरोटी लगायतका स्थानबाट डाईभर्सन गरिएको हो ।

उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई सिनामंगल, तिनकुने, नयाँबानेश्वर, माइतीघर, थापाथली, रणोदिप र कृष्णपाउरोटी लगायतका स्थानबाट डाईभर्सन गरिएको काठमाण्डू महानगर प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us