
काठमाण्डू, ७ वैशाख– निषेधित क्षेत्र तोड्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शन सकिएको छ । अध्यक्ष राजेन्द्र लिङ्नेसहितका नेता पक्राउ परेपछि प्रदर्शनकारीहरू निषेधित क्षेत्रबाट फर्किएका छन् ।
निषेधित क्षेत्र तोड्ने प्रदर्शनमा सहभागी हुने क्रममा अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, नेता ज्ञानेन्द्र शाहीलगायतका नेताहरू पक्राउ परेका छन् ।
अहिले उनीहरूलाई काठमाण्डू प्रहरी परिसर, भद्रकाली पुर्याइएका छन्। प्रवक्ता मोहन श्रेष्ठका अनुसार पक्राउ परेका नेताहरूलाई आजै साँझसम्म रिहा नगरिए देशैभरि राँके जुलुस गरिनेछ । राप्रपाले उनीहरूको अविलम्ब रिहाइको माग गरेको छ।