
काठमाण्डू, ७ वैशाख– प्रहरीले जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई पक्राउ गरेको छ । उनलाई सप्तरी प्रहरीले आइतबार राजविराजबाट पक्राउ गरीएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिएका छन ।
खतिवडाले भने, ‘राजविराजबाट पक्राउ परेका हौं । उहाँविरुद्ध ललितपुरबाट पक्राउ पुर्जी जारी भएको रहेछ । अब उतै पठाउँछौं ।’ प्रहरी स्रोतका अनुसार उनीविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दर्ता भएको छ ।
जाहेरी दर्ता भएर अदालतबाट पक्राउ पुर्जी समेत आएकाले उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।