
काठमाण्डू, ८ वैशाख– आज (सोमबार) काठमाण्डूको प्रदर्शनी मार्गमा रहेको नेपाल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन जारी छ । ०८१ चैत ५ गते हुन नसकेको मतदान आज भएको हो ।
‘मतदान जारी छ । शान्तिपूर्ण भइरहेको छ‘, क्याम्पस प्रमुख श्यामबहादुर कार्कीले जानकारी दिएका छन । निर्वाचनका लागि ल क्याम्पसमा १३ वटा विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गरेका छन् ।