
काठमाण्डू, ८ वैशाख– प्रहरीले प्रहरी जवानको परीक्षा दिँदै गरेकी एक नक्कली परीक्षार्थी महिला पोखराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–५ घर भएकी १९ वर्षीया ज्ञानुता विश्वकर्मा रहेकी छिन् ।
उनलाई पोखरा महानगरपालिका–७ पार्दीस्थित लोक सेवा आयोगको कार्यालयमा परीक्षा दिइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनले प्रहरी जवानको परीक्षा दिइरहेकी थिइन् ।
अर्कैको नाममको प्रवेशपत्रमा आफ्नो फोटो टाँस गरेर परीक्षा दिएको आरोपमा उनी पक्राउ परेकी हुन् । उनीविरुद्ध कास्की जिल्ला अदालतबाट शिक्षा ऐन सम्बन्धी कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।