राप्रपा महामन्त्री जबरा बुधबार मुम्बई जाने

काठमाण्डु टुडे २०८२ वैशाख ८ गते १७:०९ मा प्रकाशित

काठमाण्डू, ८ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर जबरा बुधबार छिमेकी देश भारतको मुम्बई जाने भएका छन् । क्यान्सरको फलोअपका लागि जबरा भारतको मुम्बई जान लागेको उनी निकट स्रोतले जानकारी दिएको छ ।

तीनकुनेमा अवान्छित गतिविधि गरेको आरोपमा गत चैत १५ गते पक्राउ परेका उनी आइतबार साँझ हाजिर जमानीमा रिहा भएका थिए ।

बोलाएको बेला उपस्थित हुनेगरी प्रहरीले उनलाई हाजिर जमानीमा रिहा गरेको थियो । उपचार प्रयोजनको लागि जबरालाई रिहा गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us