
काठमाण्डू, ८ वैशाख– दाङमा एक व्यक्तिले आफैंलाई गोली प्रहर गरेका छन । दाङको तुलसीपुर उपमहानगरपालिकाको मोतीपुरका नारायण आचार्यले घरमै भएको बन्दुकले आफैंलाई गोली चलाएका हुन् ।
उनको मृत्यु भइसकेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं एसएसपी जनार्दन जीसीले जानकारी दिएका छन । उनले भने, ‘लाइन्सेन्सवाला बन्दुकले आज घरमै आफैंमाथि गोली चलाएको पाइएको छ, ‘गोली लागेर उनको मृत्यु भएको छ ।’
आचार्य रेडक्रस दाङका पूर्वअध्यक्ष समेत हुन । उनले किन आफैंमाथि गोली चलाए भन्ने खुलेको छैन । गोली चलेको जानकारी प्रहरीले आज दिउँसो साढे ३ बजे पाएको थियो ।
लगत्तै डीएसपी नेतृत्वको एक टोली घटनास्थलमा पुगेको उनले जानकारी दिएका छन । प्रारम्भिक अनुसन्धानमा आचार्यले आत्महत्या गरेको जस्तो देखिए पनि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।