तीनकुने घटनामा संलग्न रहेको आरोपमा थप एक पक्राउ

काठमाण्डु टुडे २०८२ वैशाख ८ गते १७:२६ मा प्रकाशित

काठमाण्डू, ८ वैशाख– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको प्रदर्शनको क्रममा आगजनी र तोडफोडको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ४८ वर्षीय ओमप्रकाश लुइँटेल रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिएका छन ।

झापाको अर्जुनधारा नगरपालिका–५ घर भएका लुइँटेल निजी तथा सार्वजनिक सम्पत्ति माथि तोडफोड तथा आगजनी लगायतका आपराधिक कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उनलाई काठमाण्डू जिल्ला अदालतबाट चार दिनको मिलान म्याद लिई अनुसन्धान अगाडि बढाएको छ । काठमाण्डू महानगरपालिका–३२ तीनकुनेस्थित खुल्ला चौरमा राजावादीहरूले १५ चैतमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएको थियो ।

सो क्रममा दुईजनाको ज्यान गएको थियो भने थुप्रै निजी तथा सरकारी सवारीसाधन, व्यक्तिका घर, विभिन्न पार्टीका कार्यालय र सञ्चारमाध्यमहरूमा आगजनी तथा तोडफोड गरिएको थियो । यस्तै, व्यापारिक केन्द्रमा लुटपाट भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us