रवि लामिछानेको रिट न्यायाधीश मुसलमानको इजलासमा सुनुवाई हुने

काठमाण्डु टुडे २०८२ वैशाख ९ गते ११:५७ मा प्रकाशित

काठमाण्डू, ९ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाई हुने भएको छ ।

रिटमाथि मंगलबार मुसनमानको एकल इजलासमा सुनुवाई हुन लागेको हो । आफ्ना श्रीमानलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै निकिताले आइतबार सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

उक्त रिटमाथि सोमबार न्यायाधीश हरि फुयालको इजलासमा सुनुवाई तोकिए पनि हेर्न नमिल्नेमा राखिएको थियो । उच्च अदालतको आदेशमा लामिछाने रूपन्देही कारागारमा थुनामा छन् ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन र संगठित अपराध कसुरमा एक करोड धरौटीमा रिहा गर्ने रुपन्देही जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतले गत २२ चैतमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

रिट निवेदनमा उच्च अदालत तुलसीपुरको बेटवल इजलासको आदेश बदरको माग गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us