गभर्नर चयन समिति सदस्यबाट भट्टराईको राजीनामा

काठमाण्डु टुडे २०८२ वैशाख ९ गते १९:१५ मा प्रकाशित

काठमाण्डू, ९ वैशाख– नेपाल राष्ट्र बैंकको गभर्नर चयनका लागि गठित सिफारिस समिति सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन् ।

एक महिना बित्दासमेत समिति बैठक नबसेपछि भट्टराईले मंगलबार राजीनामा दिएका हुन् ।

अर्थमन्त्री विष्णु पौडेलले अहिलेसम्म बैठक बोलाएका थिएनन् ।

भट्टराईले बैठक नै नबस्ने समितिमा बस्नुको औचित्य नदेखेकाले राजीनामा दिएको बताएका छन् । समितिको संयोजक अर्थमन्त्री पौडेल छन् ।

सत्तारुढ काँग्रेस र एमालेबीच भागबण्डामा कुरा नमिल्दा गभर्नर नियुक्त हुन सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us