प्रधानमन्त्री ओलीले गरे मोदीलाई फोन

काठमाण्डु टुडे २०८२ वैशाख १० गते १६:१७ मा प्रकाशित

काठमाण्डू, १० वैशाख– प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ ।

ओलीले मोदीलाई बुधबार टेलिफोन गरी जम्मु–कश्मीरको पहलगाममा क्षेत्रमा आतंकवादी हमलामा परी २६ जनाले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेका हुन् । ओलीले त्यस क्रममा घटनाको निन्दा गरे ।

ओलीले हमलामा ज्यान गुमाएकाहरुप्रति समवेदना व्यक्त गर्दै त्यस्ता गतिविधिविरुद्ध नेपालको पूर्ण ऐक्यबद्धता रहेको बताए ।

हमलाको ‘द रेसिस्टेन्ट फ्रन्ट’ नामक आतंकवादी समूहले जिम्मेवारी लिएको छ । घटनालगत्तै प्रधानमन्त्री मोदी साउदी अरबको भ्रमण छोट्याएर स्वदेश फर्किएका छन । उनले घटनामा संलग्नमाथि निर्मम कारबाही हुने चेतावनी दिएका छन् ।

उक्त हमलापछि राजधानी नयाँदिल्लीसहित भारतभर सुरक्षा व्यवस्था कडा पारिएको सञ्चार माध्यमले जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us