१० भाई समूहबाट रघुजी पन्तले मारे मन्त्रीमा बाजी

काठमाण्डु टुडे २०८२ वैशाख १० गते १८:३० मा प्रकाशित

काठमाण्डू, १० वैशाख– एमाले नेता रुघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भइका छन् ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार उनलाई मन्त्री नियुक्त गरेका हुन् ।

पन्तले पद तथा गोपनियताको शपथ बिहीबार लिने गरी तय भएको राष्ट्रपति कार्यालय शीतलनिवास स्रोतले जनाएको छ ।

जारी शिक्षक आन्दोलनका माग सम्बोधन गर्न आफूले अघि सारेका ७ बुँदे मार्गचित्रमा प्रधानमन्त्री केपी ओली अनुदार देखिएको भन्दै विद्या भट्टराईले केही दिनअघि मन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।

तत्कालीन नेकपामा शक्ति संघर्ष हुँदा पन्तले माधव नेपाललाई साथ दिएका थिए । नेपाल ०६५ मा प्रधानमन्त्री भएका बेला उनी प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार थिए ।
नेकपा विभाजनपछि माधव नेपाललले नेकपा एकीकृत गठन गरे पनि पन्तसहित १० नेता मुलघर एमालेमै रहे ।

१० भाईका नामले समेत चिनिने ती नेताहरुलाई एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले राजकीय जिम्मेवारी दिएका थिएनन् ।

पन्त पछिल्लो समय प्रतिनिधिसभा, संसदका समितिमा र सार्वजनिक सञ्चार माध्यममा ओलीको बचाउमा खरो उभिने गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us