एकैपटक १ सय २१ डिएसपीको सरुवा, उपत्यकामा ७ वृत्तका प्रमुख फेरिए

काठमाण्डु टुडे २०८२ वैशाख ११ गते १२:५९ मा प्रकाशित

काठमाण्डू, ११ वैशाख– प्रहरी प्रधान कार्यालयले एकैपटक ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डिएसपी) हरुको सरुवा गरेको छ ।

कार्यालयले बिहीबार १ सय २१ डीएसपीको सरुवा सूची सार्वजनिक गरेको हो ।काठमाण्डू उपत्यकाका ७ वृत्तमा प्रहरी फेरिएका छन् ।

प्रहरी वृत्त नयाँ बानेश्वरको जिम्मेवारी जिल्ला प्रहरी परिसर, काठमाण्डूको मुद्दा शाखामा कार्यरत डीएसपी हरि खतिवडालाई दिइएको छ।

थानकोट वृत्तको नेतृत्व डीएसपी एलिजा गिरीले सम्हाल्ने भएकी छिन् । कीर्तिपुर प्रहरी वृत्तमा डीएसपी रामबाबु महर्जन, बालाजुमा डीएसपी ज्ञानबहादुर बिष्ट, र कालिमाटीमा डीएसपी मधुकुमार थापालाई पठाइएको छ ।

यस्तै ललितपुरको चापागाउँ वृत्तको जिम्मेवारी यमकुमार श्रेष्ठ र भक्तपुर थिमी वृत्तको कमाण्ड डीएसपी नवराज ढुंगानाले सम्हाल्ने भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us