
काठमाण्डू, ११ वैशाख– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनियताको सपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई पद तथा गोपनीयताको शपथ गराए ।
एमालेको समानुपातिक तर्फका सांसद् पन्तलाई प्रधानमन्त्री केपी ओलीले बुधबार शिक्षामन्त्रीमा सिफारिस गरेका थिए ।
निवर्तमान मन्त्री विद्या भट्टराईले जारी शिक्षक आन्दोलनका माग सम्बोधन गर्न आफूले अघि सारेका ७ बुँदे रोडम्यामप्रति प्रधानमन्त्री ओली सकारात्मक नभएको भन्दै ८ वैशाखमा राजीनामा दिएकी थिइन् ।