प्रधानमन्त्री ओलीविरुद्ध काँग्रेस विद्यार्थीको प्रदर्शन

काठमाण्डु टुडे २०८२ वैशाख ११ गते १८:५० मा प्रकाशित

काठमाण्डू, ११ वैशाख–सत्तारुढ काँग्रेसनिकट विद्यर्थी संगठन नेविसंघका कार्यकर्ताले बिहीबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेको छ ।

उनीहरूले प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी ओलीविरुद्ध प्रदर्शन गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराललाई राजीनामा दिन बाध्य पारिएको आरोप उनीहरुको छ ।

नेविसंघले शिक्षामन्त्री विद्या भट्टराईले उपकुलपतिको राजीनामामा भूमिका खेलेको र आन्दोलनरत शिक्षकका मागप्रति उदासीन देखिएको भन्दै नेविसंघले आपत्ति जनाएको छ ।
नेविसंघ प्रवक्ता सुरज सेजुवालले दर्जनौं प्रदर्शनकाकरीलाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै तत्काल रिहाइको माग गरे ।

सेजुवालका अनुसार पक्राउ पर्नेमा विनोदराज जोशी, विवेक आचार्य, उपासना अधिकारी, जितेन्द्र तिमिल्सिना, सुमित भट्टराई, मनिष भट्टराई, आदर्श तिवारी र हिमाल विष्टलगायत छन् ।
प्रवक्ता सेजुवालले एक विज्ञप्तिमार्फत पक्राउ परेकाहरूलाई बिनाशर्त रिहाइ गर्न माग गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us