कांग्रेस नेता तीर्थराम डंगोलको निधन

काठमाण्डु टुडे २०८२ वैशाख १३ गते १२:०६ मा प्रकाशित

काठमाण्डू, १३ वैशाख– नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको ७७ बर्षमा निधन भएको छ । ७७ वर्षीय डंगोलको शुक्रबार राति निधन भएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।

उनी प्रोष्टेट क्यान्सर र मिर्गौला रोगबाट पीडित थिए । उनको उपचारकै क्रममा सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको हो । डंगोल कांग्रेस काठमाण्डूको कोषाध्यक्ष, जिल्ला सभापति तथा काठमाण्डू महानगरपालिकाको उपमेयरसमेत भएका थिए ।

०६२–६३ को जनआन्दोलनका बेला डंगोल काठमाण्डूका कमाण्डर थिए । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ देखि दिउँसो १ बजेसम्म राखिने मुख्य सचिव पौडेलले बताए । त्यसपछि आजै टेकू दोभानमा अन्त्येष्टि गरिनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us