पाल्पामा जिप दुर्घटना, तीनको मृत्यु, चालकसहित दुई गम्भीर घाइते

काठमाण्डु टुडे २०८२ वैशाख १५ गते ८:३७ मा प्रकाशित

पाल्पा, १५ वैशाख– पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ मा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
अरु दुईजना गम्भीर घाइते भएका छन् ।

असारेबाट ठूलो पोखरीतर्फ गइरहेको लु३च २३५७ नम्बरको जिप आइतबार राति करिब सवा १० बजेतिर दुर्घटना भएको हो । प्रहरीका अनुसार जिप अनियन्त्रित भएर सडकबाट झन्डै २ सय मिटर तल खसेको पाल्पा प्रहरीका सूचना अधिकारी डिएसपी सुनिल मल्लले जानकारी दिए ।
दुर्घटनामा मृत्यु हुनेमा ३६ वर्षीय दिपेन्द्र बुढा, ३१ वर्षका चेतनारायण विक र २२ वर्षीय जनक रेगामी छन् ।

दुर्घटनामा जिप चालक २७ वर्षीय रञ्जन रेस्मी र २२ वर्षीय सरोज बुढा घाइते भएका छन् । उनीहरूको मिसन अस्पताल, पाल्पामा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us