स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द, ऊर्जा संकट घोषणा

काठमाण्डु टुडे २०८२ वैशाख १६ गते १२:३० मा प्रकाशित

एजेन्सी– स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द हुँदा आपतकालीन ऊर्जा संकट घोषणा गरीएको छ । विद्युत् आपूर्ति बन्द हुदाँ ट्राफिक लाइट, रेल सेवा र विमानस्थलहरु बन्द छन् । विद्युत नहुँदा करोडौं नागरिकहरु अप्ठ्यारोमा परेका छन् ।

यसका कारण दुवै देश आपतकालीन अवस्था घोषणा गर्न बाध्य भएका सीएनएनले जानकारी दिएको छ । विद्युत् आपूर्ति बन्द हुनुको कारण भने खुलेको छैन । करिब ६ करोड जनसंख्या भएका दुबै देशले आपतकालीन बैठक राखेर प्रतिकार्य योजना बनाउन थालेका छन् । पोर्चुगलको ग्रिड अपरेटरका अनुसार मध्याह्नपछिको विद्युत आपूर्ति बन्द भएको थियो ।

फ्रान्सको केही भागमा पनि विद्युत् आपूर्ति बन्द भएको थियो । तर केही घण्टापछि फ्रान्समा विद्युत् बहाल भएको समाचार एजेन्सी एएफपीले जनाएको छ । केही घण्टापछि, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले विद्युत् आपूर्ति बन्द हुनुको कारण नखुलेको र समस्या समाधानको पहल भइरहेको जनाएका छन् ।

पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले ऊर्जा संकट घोषणा गरेका छन् । पोर्चुगलको ग्रिड अपरेटरले विद्युत आपूर्ति पूर्ण रूपमा बहाल गर्न ‘जटिल भइरहेको जनाएको छ । ‘विद्युत् आपूर्ति बन्द हुनुको कारण स्पष्ट नभए पनि यसको प्रभाव निकै ठूलो छ,’ सीएनएनले लेखेको छ, ‘यातायात साधनहरु बन्द भएका छन् ।

म्याड्रिडमा ट्राफिक लाइटहरू बन्द भएपछि सडकमा सवारी साधनको लामो लाइन लागेको छ ।’ युरोपेली परिषदका अध्यक्ष तथा पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो कोस्टाले भने विद्युत अवरोधको कारण यकिन नभए पनि हालसम्म साइबर आक्रमणकोसंकेत पनि नदेखिएको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us