
काठमाण्डू, १६ वैशाख– काठमाण्डू महानगरपालिका–१६ बालाजुमा एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छन । बालाजुस्थित जागृती टोल बस्ने ४५ वर्षीया बिना श्रेष्ठले आफ्नो शरीरमा आफैं आगो लगाएकी प्रहरीले जानकारी दिएको छ ।
आइतबार राति करिब १० बजेतिर ती महिलाले शरीरमा आगो लगाएकी जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा प्रवक्ता अपीलराज बोहराले जानकारी दिएका छन ।
श्रीमानसँग विवाद भएपछि उनले आफ्नै शरीरमा पट्रोल छर्केर आगो लगाएको पाइएको प्रहरीको भनाइ छ । उनको नयाँबजारस्थित पिपल्स अस्पतालमा उपचार भइरहेको छ ।
उनको पेट, छाती र वाँया हात गरी करिब २५ प्रतिशत भाग जलेको चिकित्सकले जनाएका छन । घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान अघि बढाएको छ ।