म्याग्दीमा श्रीमानले गरे दाउरा प्रहार गरी श्रीमतीको हत्या

काठमाण्डु टुडे २०८२ वैशाख १६ गते १२:५६ मा प्रकाशित

काठमाण्डू, १६ वैशाख– म्याग्दीमाको बेनी नगरपालिका–७ मङ्गलाघाटमा आफ्नै श्रीमानले दाउरा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । पर्वतको जलजला गाउँपालिका–३ पारिबेनी घर भई हाल मङ्गलाघाटको आरनटोलका राजु विकले दाउरा प्रहार गर्दा श्रीमती २७ वर्षीय भगवती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मृतकको शवपरीक्षणका लागि बेनी अस्पतालमा राखिएको र घटनापछि फरार भएका राजुलाई बेनी नगरपालिका–२ को ज्यामरुककोट सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरी अनुसन्धान सुरु गरीएको प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिएका छन् ।

घरायसी विषयमा विवाद हुँदा राजुले श्रीमतीको टाउकोमा दाउरा प्रहार गरेका भगवतीको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us