सरकारले शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाओस्ः सांसद खतिवडा

काठमाण्डु टुडे २०८२ वैशाख १६ गते १४:५३ मा प्रकाशित

काठमाण्डू, १६ वैशाख– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आन्दोलनरत शिक्षकहरूलाई विद्यालयमा फर्कने वातावरण बनाउन सरकारसँग माग गरेका छन ।

आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद खतिवडाले सरकारसँग यस्तो माग गरेका हुन । उनले विद्यालयमा विद्यार्थी पढाउनु पर्ने विद्यार्थीलाई दिनहुँ बानेश्वरमा गीत गाउने अवस्थाको अन्त्य गर्नु पर्ने बताएका हुन् ।

उनले भने, ‘बानेश्वरको किनारमा दिनैपिच्छे जुलुस छ । शिक्षकलाई दिनहुँ सडकमा निस्किरहेका छन् । गीत गाउँदै बस्नु परेको छ । कहिले उनीहरूमाथि पानीको फोहरा हानिएको छ । यो समाधान होइन, तत्काल विद्यालय पठाउने वातावरण सृजना गरियोस् ।’

उनले शिक्षकसँग भइरहेको वार्ताबारे सदनलाई जानकारी दिन पनि सरकारसँग माग गरे । ‘नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले संसद्मा आएर जवाफ दिने वातावरण सृजना होस्,’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us