सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट मिर्गौलापीडित बिरामीले हामफाले, घटनास्थलमै मृत्यु

काठमाण्डु टुडे २०८२ वैशाख १६ गते १५:३५ मा प्रकाशित

काठमाण्डू, १६ वैशाख– सेती प्रादेशिक अस्पतालमा उपचाररत मिर्गौला पीडित एक बिरामीले तेस्रो तलाबाट हामफाल्दाँ बिरामीको घटनास्थलमै मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालमा डायलाइसिस गराउँदै आएका कैलालीको गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले मंगलबार दिउँसो अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेको प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले जानकारी दिएका छन ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठका अनुसार सोमबार मेडिकल वार्डमा भर्ना भएका सिंहले दिउँसो २ बजेपछि एक्कासी तेस्रो तलाबाट हाम फालेका हुन ।

उनी हामफोलेको ठाउँबाट अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । मिर्गौला पीडित सिंहले प्रादेशिक अस्पतालमा डायलासिस गर्दै आएका थिए ।

सोमबार पनि डायलासिस गर्न आएका सिंहलाई चिकित्सकले मेडिकल वार्डमा भर्ना गरेका थिए । सिंहकी श्रीमती ईश्वरीदेवी उनको कुरुवा बसेकी थिइन् । एकैछिन बाहिर जान्छु भनेर निस्किएका सिंहले एक्कासी तेस्रो तलाबाट हामफालेको देखिएको अस्पतालले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us