
काठमाण्डू, १६ वैशाख– स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नारायणगढ–बुटवल सडकखण्ड समयमै निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।
आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै स्वतन्त्र सांसद डा.सिंहले यस्तो बताएका हुन । सांसद सिंहले विकास निर्माणको काममा ढिलाइ गर्न नहुने बताए । उनले भने, ‘विकास निर्माणको काममा तीव्रता छैन । नारायणगढ–बुटवल सडकखण्ड निर्माणमा ढिलाइ हुँदा लुम्बिनी घुम्न जाने पर्यटकलाई कठिनाइ भइरहेको छ ।’
देशमा अहिले शिक्षा, स्वास्थ्यको स्तर खस्किरहेको छ । पूर्वाधारहरूको निर्माण पनि समयमा हुन सकिरहेको छैन । त्यसको एउटा उदाहरण नारायणगढ–बुटवल सडकखण्ड हो,’ उनले भने, ‘बाटो समयमा नबन्दा त्यो बाटो भएर हिँड्ने पर्यटकहरूले सास्ती खेपिरहेका छन् ।
त्यति मात्र होइन, एकजना विदेशी पर्यटकले बाटोको भिडियो खिचेर राखिएका छन्, त्यसले अन्तर्राष्ट्रिय रूपमै नेपालको बेइज्जत भएको छ ।’ सांसद सिंहले समयमा ठेक्का सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई म्याद थप नगरियास् भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन ।