
काठमाण्डू, १६ वैशाख– आम जनता पार्टीका अध्यक्ष समेत रहेका सांसद प्रभु साहले साहले तुलसीलाल स्मृति प्रतिष्ठानकै भवनमा नेकपा एमालेले पार्टी कार्यालय राखेकोमा आपत्ति व्यक्त गरेका छन ।
आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साहले यस्तो बताएका हुन । उनले सामाजिक कार्यको लागि स्थापित प्रतिष्ठानहरूलाई नेताहरूले कमाउने भाँडो बनाएको भन्दै उनले तत्काल पार्टी कार्यालय हटाउन आग्रह समेत गरेका छन । उनले भने, ‘सामाजिक कार्यको लागि निर्मित तुलसीलाल स्मृति प्रतिष्ठानमा सम्माननीय प्रधानमन्त्रीको पार्टीको केन्द्रीय कार्यालय छ ।
म सोध्न चाहन्छु, तुलसीलाल स्मृति प्रतिष्ठान सामाजिक संस्था हो कि व्यापारिक ? यदि सामाजिक संस्था हो भने जुसको लाइसेन्स लिएर मदिराको व्यापार गर्न मिल्छ ?’ तुलसीलाल सबैका आदरणीय नेता भएको भन्दै उनले त्यस्तो नेताको नाममा प्रतिष्ठान खोल्ने, सरकारबाट आर्थिक सहायता लिएर भवन बनाउने र एउटा दललाई प्रयोग गर्न दिने आपत्तिजनक भएको बताए ।
‘आज प्रतिष्ठानहरू नेताको लुट्ने भाँडो बनेका छन् । सरकारी बजेट खन्याउने अनि ती संस्थाका आम्दानी निजी स्वार्थमा प्रयोग गर्ने । आज संघसंस्थाहरू लुटको अखडा बनेका छन् । पुष्पलाल र मदन भण्डारी भएको भए यसरी सामाजिक संस्था कब्जा गर्ने थिएनन्,’ उनले थपे, तुलसीलाल स्मृति प्रतिष्ठानका पदाधिकारीलाई कानुन थाहा छैन भने थाहा दिनु पर्यो, नभए खारेज गर्नुपर्यो ।’
सांसद साहले जनताको रगत–पसिनाको करोडौं रकम दुरुपयोग हुँदा नियमन गर्ने जिम्मेवारीमा रहेका प्रधानमन्त्री नै मतियार बनेको आरोप लगाउँदै न्याय माग्न कहाँ जाने ? भन्दै प्रश्न समेत गरेका छन ।
तुलसीलाल स्मृति प्रतिष्ठानको भवन भाडामा दिन मिल्ने भए एमालेभन्दा बढी भाडा दिने भन्दै आफूलाई दिन माग गरे । उनले तुलसीलाल स्मृति प्रतिष्ठान भाडामा दिन मिल्ने भए एमालेले दिएभन्दा बढी भाडा दिन आफ्नो पार्टी तयार रहेको भन्दै आफूलाई दिन माग गरे ।