
काठमाण्डू, १६ वैशाख– सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी उनको लिखित जवाफ माग्न आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा बोलेको भन्दै थापाविरुद्ध अदालतको अवहेलनामा कारबाही हुनुपर्ने मागसहित सर्वोच्चमा निवेदन पेश भएको थियो ।
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले उनको लिखित जवाफ माग्ने आदेश जारी गरेको हो । केही दिनअघि एक कार्यक्रममा कांग्रेस महामन्त्री थापाले ५२ जना संवैधानिक पदाधिकारीहरुको मुद्दा ‘सर्वोच्च अदालतले डिल गरेको’ भन्ने अभिव्यक्ति दिएका थिए ।
उक्त अभिव्यक्ति पछि कांग्रेस महामन्त्री थापाविरुद्ध अदालतको अवहेलनामा मुद्धा दर्ता भएको थियो ।