कीर्तिपुर मात्रै होइन, जुनसुकै डाँडामा बसेर लाखौं कमाउन सम्भव छः गगन थापा

काठमाण्डु टुडे २०८२ वैशाख १६ गते १८:२८ मा प्रकाशित

काठमाण्डू, १६ वैशाख– कांग्रेस महामन्त्री गगन थापाल कुनै पनि डाँडामा बसेर लाखौं रुपैयाँ कमाउने सपना सम्भव भएको दोहोराएका छन । आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालयमा आयोजित विपन्न वर्गको उत्थान र विकाससम्बन्धी कांग्रेसको नीतिगत सुझाव प्रतिवेदन बुझ्दै कांग्रेस महामन्त्री थापाले यस्तो बताएका हुन ।

महामन्त्री थापाले आफूले कीर्तिपुरको डाँडामा बसेर महिनामा दुईरतीन लाख रुपैयाँ कमाउन सकिने कुरा गर्दा त्यसलाई रमाइलो बनाइएको पनि बताए । उनले कुनै पनि डाँडामा बसेर लाखौं रुपैयाँ कमाउने विषय कल्पना र सपना रहेको बताउँदै त्यो सम्भव हुने आधार भएको बताएका छन ।

महामन्त्री थापाले हरेक व्यक्तिलाई सिप र क्षमता दिएको खण्डमा उक्त सिप र क्षमताले लाखौं रुपैयाँ कमाउने सपना पूरा हुने पनि बताएका छन । उनले विश्व अहिले ज्ञान अर्थतन्त्रमा रहेको उल्लेख गर्दै चीनमा जन्मिएका एक व्यक्तिले डिपसिक बनाएर सिलिकन भ्यालीले अनुमोदन नगर्दा पनि एआईमा च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्ने ठाउँमा पुगेको स्मरण गरे ।

उनले ज्ञान अर्थतन्त्रमा हरेक सम्भावनाको नेटवर्क खुलेको समेत बताएका छन । महामन्त्री थापाले भने, ‘मैले कीर्तिपुरको डाँडा भनिसकेपछि तपाईंहरू सबैलाई एउटा प्रसंग याद आउँछ । त्यो प्रसंग कोट्याएको दिनको म छोटकरीमा सम्झन्छु, एउटा डाँडामा बसेर दुईरतीन लाख रुपैयाँ कमाउन सकिन्छ भन्ने मेरो इमाजिनेसनको कुरा मैले गरें, कतिलाई रमाइलो कुरा पनि भयो ।

तर, त्यो इमाजिनेसन हो, त्यो ड्रिम हो , सम्भव छ । सम्भव के९ले छ भन्दा, एउटा व्यक्तिलाई हातमा स्किल र क्षमता दियो भने त्यो स्किल र क्षमताले सम्भव छ ।’

उनले अगाडि भने, ‘अब हामी नलेज इकोनोमीमा छिरेका छौं, त्यो नलेज इकोनोमीमा चाइनामा जन्मिएको एउटा केटाले डिपसिक बनाएर सिलिकन भ्यालीले उसलाई अनुमोदन नगर्दा पनि एआईमा च्याट जीपीटीसँग कम्पिटिसन गर्न सक्छु भन्ने ठाउँमा पुग्दै गर्दा खेरी त्यो के–ले बनाएको छ ? सब ठाउँमा सम्भावनाको नेटवर्क खुलेको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us