
बेलायत, २ भदौ -गैरआवासीय नेपाली संघ एनआरएन बेलायतमा आन्तरिक विवाद तीव्र बनेको छ ।
विवादसँगै एनआरएन बेलायत दुई चिरामा विभाजित हुने देखिएको छ । सदस्यस्ता फाराम भर्ने विषयमा निर्वाचन समितिले देखाएको गलत रबैयाले विवाद बढेको हो ।
विवादपछि नामा दर्ता गर्नबाट बञ्चित भएकाहरुले समानान्तर एनआरएन गठनको तयारी थालेका छन् । असन्तुष्ट प्रक्षले आगामी १५ अगष्टमा छुट्टै भेला बोलाएको छ । निर्वाचन समितिले सदस्यताका लागि आवेदन दिने १५ हजारलाई कार्यालयको ढोकाबाटै फिर्ता पठाइदिएपछि विवादले अर्को एनआरएन बनाउने सम्मको रुप लिएको हो ।
आफूहरु सदस्यताबाट बञ्चित हुँदासमेत बेवास्ता गरेको भन्दै बेलायत बस्दै आएका नेपाली आक्रोशित बनेका छन् । बेलायत एनआरएनमा भएको विवादले नेपाली समुदायलाई विभाजित गर्दैछ भन्ने सन्देश विश्वभर छरिएर रहेका प्रवासी नेपालीमा पर्ने देखिएको छ । बेलायतमा झण्डै एक लाखभन्दा बढी सख्यांमा नेपालीहरु रहेको अनुमान गरिन्छ । तर हालसम्म एनआरएनको सदस्यता पाउनेको संख्या तीन हजारको हाराहारीमा छ ।
विगतका चुनावमा सहमतिका आधारमा नेतृत्व चयन हुँदै आएकामा वर्तमान कार्यसमितिको असफलताका कारण सहमतिको वातावरण बिग्रिएकाले यसपटक अध्यक्ष पदमा तीन जनाको उम्मेद्वारी परेको छ । बेलायतमा बसेका नेपाली विभाजित हुनुमा त्यसले पनि काम गरेको छ । चुनावी सरगर्मी बढेसँगै सदस्यता वितरणमा पक्षपात भएको छ । नयाँ सदस्यताका लागि आवेदन दिनेको संख्या करिब १७ हजारको हाराहारीमा पुग्ने अनुमान गरियो ।
यो सँगै अध्यक्षका प्रत्यासीहरु नै सदस्यता शुल्क बुझाउने काममा लागेपछि तलबाट चर्को विरोध भयो । सदस्यता वितरणमा देखिएको त्रुटि नै एनआरएन बेलायतको विवादको मुख्य चुरो भएको धेरैको बुझाई छ । पैसा नहुनेले एनआरएनको नेतृत्व लिनु कल्पनाबाहिरको विषय बन्दै जानु प्रवाशी नेपालीहरुको भावनाविपरीत हो । जुन कुरा एनआरएन बेलायतले रोक्न सकेन । अध्यक्षका प्रत्याशीले जित्नका लागी कम्तिमा ६ हजारको हाराहारीमा सदस्य बनाउनुपर्ने र त्यसका करिब ६० हजार पाउण्ड सदस्य सुल्क मात्रै लाग्ने हुनाले र अन्य खर्च जोड्दा लगभग एक लाख पाउण्डको हाराहारीमा खर्च हुने देखिन्छ ।
बेलायत एनआरएनमा पैसा हावी भयो भन्ने नै बेलायतबासी नेपालीको मुख्य चिन्ता हो । एनआरएन बेलायतमा पैसा नभएका तर बुद्धि र विवेक भएकाहरुले पनि स्थान पाउने बातवरण निर्माण हुनुर्पयो भन्ने बहस पनि सुरु भएको छ । एनआरएन सबैको साझा संस्था भन्ने गरिए पनि व्यवहारमा ठीक उल्टो रहेको पाइयो । आमुक संगठनका सदस्यहरुले यो संस्थालाई आप्mनो पकडमा राख्न खोज्नुले पनिवे ठाउँ पाएको ठानिन्छ ।
किन भयो सदस्यता फाराम दर्ता बहिस्कार
चुनावको सदस्यता भर्ने अन्तिम दिन बेलायतको रिडिङमा निर्वाचन कार्यलयमा लगभग दुई सयको हाराहारीमा उपस्थित नेपालीहरु सिमसिमे पानीमा भिजेरै भए पनि सदस्यताका लागी लामबद्ध थिए । एक जनाले एक सय फाराम बढी दर्ता गर्न नपाउने नियम निर्वाचन समितिले बनाएको थियो । लगभग ५० जनाको हाराहारीमा फर्महरु लिएर उभिएका थिए । एक जना आफूसँग १५ वटा फाराम रहेको र १५ जना चाहिएको भन्दै थिए । समग्रमा उत्साहित वातावरणमै काम अगाडि बढेको देखिन्थ्यो । म अध्यक्षको प्रत्यसीहरुसँगै थिएँ ।
उहाँहरुमध्ये दुई जनालाई पुरै समय चिन्तित रहेको पाएं । यो चिन्ता कि त एकता गर्ने भन्ने विषयमा छ कि त आर्थिक सवालमा थियो । तर एकाएक अध्यक्षका अर्का प्रत्यासी महेन्द्र कँडेल कार्यालयबाट निर्वाचन समितिप्रति विश्वास गर्ने कुनै आधार नरहेको भन्दै निस्कनुभयो । फाराम बुझाउन लाइनमा बसेका सबैले फाराम फिर्ता दिए । फर्म महेन्द्र कँडेल र सूर्य नेम्वाङ्गले फिर्ता लिएका थिए ।
दुवै जनाले पाराम दर्ता कार्यक्रम नै आपूmहरुका तर्फबाट स्थगित गरेको जानकारी दिए । उनीहरुले एघार हजार सदस्यले सदस्यता फाराम भर्न बहिस्कार गरेको जानकारी दिए ।
के भन्छन तीनै जना अध्यक्षका प्रत्यासी ?
योगेनबहादुर क्षत्री
मेरो मुख्य उद्देश्य मिलेर जाउँ भन्ने नै हो । साथीहरुले फाराम बुझाउनुस म सहमतिका लागी छलफल गर्न तयार छु । एनआरएन विवादरहित रहोस भन्नेमा मेरो चासो हो । तर त्यो सम्भावना कम हुँदै गएजस्तो लाग्छ ।
महेन्द्र कंडेल
सहमतिका विषयमा कुरा गर्दा बेलायतका हरेक नेपालीलाई एउटा विषयमा मात्रै के थाहा छ भने गएको कार्यकालमा सहमतिका लागी कसले कति गर्यो । मैले एनआरएन बेलायतमा सहमतिका लागि गरेको योगदानको मुख्य मर्म बुझ्न नसक्नु नै सहमतिको बाधक हो । अहिलेको विवाद भनेको निर्वाचन समितिका कारण उब्जिएको हो । समितिलाई विस्तार गरेर विश्वासको वातावरण बनाउन पटकपटक आग्रह गरें । तर यसबारे कसैले चासो दिएनन् ।
सूर्य नेम्वाङ्ग
सहमतिभन्दा पनि एनआरएन बेलायतले लिने को बिषय मुख्य हो । सदस्य बनाउने विधिमा नै परेको छैन । पैसा हुनेले मात्र चुनावमा जाने प्रकृया गलत छ । एनआरएन बेलायत दुई वटा बन्ने छ हामी त्यही प्रक्रियामा जानेछौं ।