भट्टराईलाई पार्टी बुझाउन खोजेको भन्दै प्रचण्ड ‘क्याम्प’ मा बबण्डर

काठमाण्डु टुडे २०७१ मंसिर २८ गते ३:२२ मा प्रकाशित

prachanda-baburamकाठमाण्डु, २९ मंसिर– एकीकृत माओवादीभित्र विशेष महाधिवेशनबाट वरिष्ठ नेता बाबुराम भट्टराईलाई नेतृत्व दिने अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावप्रति केन्द्रीय समिति बैठकमा चर्को विरोध हुने भएको छ ।
अध्यक्ष दाहालले एक वर्षपछि आयोजना गरिने विशेष महाधिवेशनबाट भट्टराईलाई नेतृत्च्व दिने तयारी गरेपछि दाहाल ‘क्याम्प’ बाटै विरोध सुरु भएको हो ।
पार्टीका राजनीतिक र सांगठनिक विषय हल गर्न दहालले भट्टराईलाई उत्तराधिकारीका रुपमा  औपचारिक प्रस्ताव नै गर्ने भएपछि बैठकले ऐतिहासिक मोड लिने बताइएको छ ।  एमाओवादी केन्द्रीय समिति बैठक ६ महिनापछि आइतबारबाट बस्दैछ ।
विराटनगर सम्मेलनयता पार्टीभित्र भट्टराईले नयाँ शक्तिको बहस चलाउँदै केन्द्रदेखि जिल्ला तहसम्मकै सांगठनिक क्षेत्रमा समस्या निम्त्याएपछि एमाओवादी बैठक बस्न सकेको थिएन ।
गत असारबाट पार्टीका औपचारिक कार्यक्रमसमेत हुन नसकेपछि अध्यक्ष दाहालले भट्टराईसँग पार्टी विवाद मिलाउनका लागि त्यस्तो प्रस्ताव तयार पार्न लागेका हुन् ।
दुई नेताबीच यस विषयमा भद्रसहमति समेत भइसकेको छ । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र अन्य कतिपय नेतासँग परामर्श नै नगरी दाहालले भट्टराईलाई रिझाउन त्यस्तो प्रस्तावको तयारी गरेपछि दाहालनिकट नेताहरु नै केन्द्रीय समितिबाट पारित हुन नदिने अखियानमा खुलेरै लागेका छन् ।

‘अहिले नै पार्टीमा उत्तराधिकारीको खोजी गर्ने कुरा बेमौसमको बाजाजस्तै हो’, पोलिट्ब्युरो सदस्इ हेमन्तप्रकाश ओलीले भने, ‘यस्तो प्रस्तावमा आएमा हामी त्यसको डटेर प्रतिवाद गर्छौं । केन्द्रीय समितिबाट पास हुन दिँदैनौं । हामी पनि प्रस्तावको विपक्षमा मत बनाउन छलफलमा छौं ।’
राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us