किराँत राज्यका लागि १० करोड चन्दा !

काठमाण्डु टुडे २०७१ पुष ३ गते १:४० मा प्रकाशित

काठमाण्डु, ३ पुस–किराँत राज्य संघर्ष समितिले किराँत राज्य प्राप्तिको आन्दोलनका लागि १० करोड रुपैयाँ संकलन गर्ने भएको छ । समितिका संयोजक तथा एमाओवादी नेता गोपाल किराँतीले आन्दोलनका लागि कम्तीमा १० करोड रुपैयाँ उठाइने बताए ।

Gopal_Kirati

‘यो पटक अलि कडै आन्दोलन गर्नुपर्ने भएकाले आन्दोलन व्यवस्थापनका लागि कम्तीमा १० करोड संकलन गर्ने लक्ष्य राखेका छौं’, किराँतीले भने, ‘त्यसका लागि हामीले आर्थिक सहयोग गरिदिन पहिचान पक्षधरसँग अपिल गरेका छौं ।’

किराँतीले किराँत प्रदेश प्राप्तिका लागि प्रतिरक्षा गर्नका लागि किराँत फेर्ससमेत निर्माण गरेका छन् । फोर्स एमाओवादी नेता सुरेशकुमार राईको संयोजकत्वमा निर्माण भएको हो ।

‘हामीले ३० हजार किराँत फोर्स बनाउने लक्ष्य राखेका छौं’, संयोजक राईले भने, हामी शान्तिपूर्ण संघर्षबाटै पहिचानसहितको संघीया प्रदेश होसे भन्ने चाहन्छौं ।’

रकम संकलनको जिम्मा किराँत राई यायोक्खालाई दिइएको छ । यायोक्खा राईहरुको सामाजिक तथा जातीय संस्था हो ।

राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us