धुलिखेलबासीले निकाले ढलबाटै ग्यास !

काठमाण्डु टुडे २०७१ पुष ३ गते २:२३ मा प्रकाशित

काभ्रे, ३ पुस– धुलिखेलबासीले ढलबाटै ग्यास उत्पादन गर्न थालेका छन् । खेर गइरहेको ढल सदुपयोग गर्दै धुलिखेल नगरपालिका ८ र ९ नं. वडावासीको घरटोलबाट निस्किएको फोहोर ढललाई ग्यासमा परिणत गरिएको हो ।

नेपालकै नमूनाको रुपमा रहेको श्रीखण्डपुर ढल प्रशोधन केन्द्रबाट स्थानीयले चलाएको अभियानले नदीनाला, वतावरण सफाइ मात्र नभई दैनिक रुपमा ऊर्जासमेत निकालेका छन् ।

दुई वडाका १ सय २० घरबाट निस्केको ढलबाट ५ घरमा ग्यास वितरण भइरहेको श्रीखण्डपुर प्रशोधन केन्द्र उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर कर्मचार्यले बताए । यसबाट ऊर्जामात्र उत्पादन नभई वातवरणसमेत सफा भएको उनले बताए ।

७६ लाख ७६ हजार रुपैयाँको लगानीमा कृत्रिम सिमसार प्रयोगशाला७५/७५ घनमिटरका दुई वटा रियाक्टरसहितको चार रोपनी क्षेत्रफलमा प्रशोधन केन्द्र निर्माण गरिएको हो ।

गोरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us