हिमानी र कोमलसहित किन जाँदैछन् ज्ञानेन्द्र तराई ?

काठमाण्डु टुडे २०७१ पुष ४ गते २:१६ मा प्रकाशित

काठमाण्डु, ४ पुस–पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित मध्य र पूर्वी तराईजानेभएका छन् । उनी चितवन, सिमरा र झापामा गरि करिब तीन साता रहने निर्मलनिवास स्रोतले जनाएको छ ।

gyanendra-shaha
श्रीमती, बुहारी र नाती–नातिनीसहित उहाँ (ज्ञानेन्द्र) आइतबार चितवन जानुहुन्छ’ स्रोतले भन्यो, ‘चितवन र सिमरामा केहीदिन बसेर उहाँहरु झापा जाने र त्यहाँ डेढदेखि दुई साता रहने कार्यक्रम छ ।

भारत भ्रमणबाट फर्केपछि पूर्वराजा शाह पहिलोपटक काठमाण्डु बाहिर निस्कन लागेका हुन् । निर्मलनिवास स्रोतले उनको यो भ्रमण पारिवारिक मात्र रहेकोले राजनीतिक अर्थ लगाउन नहुने दाबी गरेको छ ।

नयाँ पत्रिका दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us