
काठमाण्डु, ४ पुस– सम्बन्ध भन्ने कुरा पनि अचम्मकै हुन्छ ।
कहिले अति नै नजिक हुने अनि फेरि एकअर्काको अनुहार त के नामसम्म पनि सुन्न नरुचाउने र फेरि नजिक हुने ।
करियरको प्रारम्भिक दिनमा रेखा थापाले केही चलचित्रमा निलिखसँग काम गरिन् ।
त्यतिबेला उनीहरुको सम्बन्ध राम्रो थियो ।
तर एकाएक उनीहरुको सम्बन्ध बिग्रियो । सम्बन्ध बिग्रिएपछि सार्वजनिक गालीगलौजमै पनि उत्रिए भने सँगै काम गर्ने नसक्ने अवस्थामा पुगे ।
उनीहरुले सँगै काम नगर्दा चलचित्र निर्मातालाई पनि हुनसम्मको हैरानी भयो । तर यतिबेला सम्बन्ध बिग्रिएको आठ वर्षपछि उनीहरुबीच मिलाप भएको छ ।
निखिलकै निर्देशनमा निर्माण भइरहेको चलचित्र भैरवको एउटा गीतमा रेखाले कम्मर मर्काउने भएकी छन् ।
रेखा क्याम्पकै सविर श्रेष्ठले निर्देशन गर्ने चलचित्र लुटेरामा उनीहरु नायक–नायिकामा रुपमा अनस्क्रिन रोमान्स गर्दैछन् ।
आड वर्षअघि निलिख र रेखाको जुन क्रेज थियो, त्यो अहिले छैन । यस्तो अवस्थामा रेखा–निखिल कमेस्ट्री कत्तिको जम्नेछ भन्ने चाहिं भविष्यले नै देखाउने छ ।
साप्ताहिकबाट